आइसिसी विश्वकप लिग २ः ओमानले टस जित्यो, नेपाल ब्याटिङ गर्दै

कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको स्थानमा अर्जुन साउद, अनिल साह र आरिफ सेखलाई मौका

बुधबार, २ असोज, २०८१
डिजिटल संस्करण

आइसिसी मेन्स क्रिकेट विश्वकप लिग २ अन्तर्गत क्यानडामा रहेको नेपालले दोस्रो खेलमा आज ओमानको सामना गर्दै छ।

क्यानडाको किङ सिटीस्थित खेलमैदानमा ओमानले टस जितेर पहिले फिल्डिङ रोजेको छ। नेपालले आज पहिले ब्याटिङ गर्नेछ। आजको खेलमा नेपालले तीन खेल परिर्वतन गरेको छ। ओपनर कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको स्थानमा अर्जुन साउद, अनिल शाह र आरिफ सेखलाई मौका दिएको छ।

यसअघि पहिलो खेलमा नेपाल क्यानडासँग एक सय तीन रनको ठुलो अन्तरले पराजित भएको थियो। शृंखलाको दोस्रो खेल जित्दै नेपाल लयमा फर्कन चाहन्छ।

सुझावित समाचार