संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

बुधबार, २ असोज, २०८१
डिजिटल संस्करण

संखुवासभाको मकालु गाउँपालिका– ३ स्थित नेताभिरनजिकै ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

बुधबार बिहान खाँदबारी–किमाथांका सडकखण्डको मकालु–३ मा बरुणबाट खाँदबारी आउने क्रममा प्रदेश नं. १–०२–००३ त १४३७ नम्बरको ट्याक्टर भिरबाट करिब पाँच सय मिटर तल खस्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।

उनका अनुसार मृत्यु हुनेमा खाँदबारी नगरपालिका– ८  बिस्नेधारा घर भएका चालक किरण श्रेष्ठ र सोही वडानिवासी सहचालक उदीत श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए। भिरबाट तल खसेको ट्याक्टर अरुण नदीले बगाएको प्रहरीले जनाएको छ।

सोही ठाउँनजिकैबाट केही वर्षअघि ट्याक्सी दुर्घटना हुँदा तत्कालीन मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल, जिल्ला विकास समिति संखुवासभाका अधिकृत सुवास कुइँकेल, एमाले नेता सुरेश राईसहित पाँचजनाको ज्यान गएको थियो।

सुझावित समाचार