सुनको मूल्यमा सामान्य गिरावट

मंगलबार, १ असोज, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोलामा ६ सय रुपैयाँले घटेको छ। सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ५७ हजार तीन सय रुपैयाँमा कारोबार भएकामा सोही परिमाणको पहेँलो धातुको मोल आजका लागि  एक लाख ५६ हजार सात सय रुपैयाँ निर्धारण भएको छ। 

यसैगरी, चाँदीको मूल्य तोलामा  १० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला  एक हजार नौ सय १५  रुपैयाँमा खरिद–बिक्री भएको चाँदी आजका लागि भने  एक हजार नौ सय पाँच रुपैयाँ निर्धारण भएको छ । 

See More On

सुझावित समाचार