माइक्रो बसले ठक्कर दिँदा एक पुरुष गम्भीर घाइते

आइतबार, ३० भदौ, २०८१
डिजिटल संस्करण

माइक्रो बसले ठक्कर दिँदा एक पुरुष गम्भीर घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका- २९ गाईघाटमा उक्त दुर्घटना भएको हो ।

कावासोतीबाट काठमाडौं जाँदै गरेको प्र–३–०१–००५ ख ९७६६ नम्बरको माइक्रो बसले आज बिहान ६ बजे ठक्कर दिँदा तनहुँको आँबुखैरेनी गाउँपालिका– ५ बस्ने ४१ वर्षीय सुकलाल गुरुङ गम्भीर घाइते भएका हुन् ।

घाइते गुरुङलाई सोही माइक्रो बसले उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेजमा ल्याएको छ । उनको टाउको र खुट्टामा चोट लागेको छ ।

See More On

सुझावित समाचार