नेपालको ऐतिहासिक र पर्यटकीय नगर जिरीको सौन्दर्यबारे प्रचार गर्ने उद्देश्यले चित्रकला प्रदर्शनी गरिएको छ। गत वर्ष दोस्रो जिरी महोत्सवमा नेपालका ख्यातिप्राप्त ६ कलाकारले सिर्जना गरेका कलाकृति नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा प्रदर्शन गरिएको हो।
तीन दिनको जिरी बसाइका क्रममा देखेका, भोगेका र अनुभव गरेका कुरालाई कलाकारहरूले कलाकृति सिर्जना गरेका थिए। तिनै ३६ थान कलाकृतिको संगालो ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनीमा राखिएको छ।
नेपालको स्विटजरल्यान्ड भनेर चिनिएको जिरीको प्राकृतिक सौन्दर्य, यहाँको जनजीवन, संस्कृति, वास्तुकला र सम्पदाहरूलाई कलाकारहरूले क्यानभासमा उतारेका छन्।
कलाकारहरू केशवराज खनाल, किशोर रानाभाट, लीलाधर केसी, मोहन सिवाकोटी, प्रकाश मिजार र शिव शिर्पाली स्वयं पनि प्रदर्शनीमा सहभागी छन्। आज शुक्रबारदेखि सुरु भएको प्रदर्शनी आइतबारसम्म सञ्चालन हुनेछ।
हेर्नुस् तस्बिरहरू :
2024-09-13-02-52-03.jpeg)
2024-09-13-02-52-13.jpeg)
2024-09-13-02-51-57.jpeg)
2024-09-13-02-51-51.jpeg)
2024-09-13-02-51-46.jpeg)
2024-09-13-02-51-40.jpeg)
2024-09-13-02-51-33.jpeg)
2024-09-13-02-51-27.jpeg)