एमाले सचिवालय बैठक साढे २ बजेका लागि सर्‍यो

शुक्रबार, २८ भदौ, २०८१
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक साढे २ बजेसम्मका लागि सरेको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि डाकिएको बैठक साढे २ बजेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए। 

उनका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको व्यस्तताका कारण बैठक सारिएको हो । पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुने उनले बताए ।

यही भदौ १८ र १९ गते बसेको पार्टीको पोलिटब्युरो बैठकले कार्ययोजनाको टुंगाे सचिवालय बैठकलाई दिएको थियो । 

सुझावित समाचार