दोलखाको कालिञ्चोक गाउँपालिका– ६ लापिलाङमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । बुधबार राति करिब १० बजेको समयमा कालिञ्चाेक गाउँपालिका– ६ लापिलाङस्थित मार्केफारामा धनकुमार थामी र उनकाे बुबाको घर जलेर पूर्ण रूपले नष्ट भएको हो ।
आगलागी हुँदा घरमा भएको सबै धनसम्पत्ति, लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको, तर क्षतिको विवरण भने आइसकेको छैन । पीडित परिवारले आफूहरुलाई उद्धार गर्न आह्वान गरेका छन् ।
आगो कसरी लाग्यो भन्ने यकिन भइनसकेको कालिञ्चोक– ६ का वडाध्यक्ष भरत पाण्डेले बताए । घटनास्थलमा प्रहरी परिचालन भइसकेको र क्षतिको विवरण संकलन भइरहेको दोलखा प्रहरीले जनाएको छ ।