गृह मन्त्रालयले नेपाल प्रहरीका तीनजना नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ। यज्ञविनोद पोखरेल, लालमणि आचार्य र राजेश बाँस्तोलाको सरुवा भएको हो।
मधेश प्रदेशमा कार्यरत डिआइजी पोखरेलको प्रदेश समन्वय विभागमा सरुवा भएको छ। मधेश प्रदेशमा आचार्यको सरुवा भएको छ। उनी नेपाल प्रहरी शिक्षालय, भरतपुरमा कार्यरत थिए।
प्रहरी शिक्षालय भरतपुरमा प्रहरी प्रधान कार्यालयमा कार्यरत बाँस्तोलालाई खटाइएको छ।