नारायणी अस्पतालमा अंकोलोजी वार्ड सञ्चालनमा

बुधबार, २६ भदौ, २०८१
डिजिटल संस्करण

नारायणी अस्पतालमा क्यान्सर रोगको उपचार हुने भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अस्पतालमा सञ्चालनमा आएको ६ शड्ढयाको अंकोलोजी वार्डको मंगलबार उद्घाटन गरेका छन् ।

पौडेलले सरकारी अस्पतालमा क्यान्सर रोग सेवा विस्तार गर्नेसम्बन्धी कार्यविधि, २०८१ अनुसार प्रत्येक प्रदेशको एउटा अस्पतालमा अंकोलोजी वार्ड स्थापना गर्ने लक्ष्यअनुसार सञ्चालनमा ल्याइएको बताए । उनले अस्पतालको सेवामूलक विकास र बिरामीको उपचारमा लगनशील भएर लाग्न चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई निर्देशन दिए । 

नारायणी अस्पतालमा अंकोलोजी वार्ड सञ्चालन गर्न भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेको नेतृत्वमा पाँचजना खटिएका छन् । जसमा मेडिकल अंकोलोजिस्टसहित दुईजना चिकित्सक छन् । अस्पतालमा क्यान्सर रोगको स्क्रिनिङ, डाइग्नोसिस, केमोथेरापी, पालिटिएभ केयर, रेफरेल, काउन्सिलिङलगायत सेवा सुरु गरिएको चालिसेले बताए ।

सुझावित समाचार