नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण

मंगलबार, २५ भदौ, २०८१
डिजिटल संस्करण

नेपाल एसबिआई बैंक लिमिटेडले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ५, बैंकरोडस्थित आफ्नो शाखा कार्यालय सोही नगरपालिका– ८ नारायणपथमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा शुभारम्भ गरेको छ।

शाखाको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले गरेका छन्। उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरूसमेतको उपस्थिति रहेको थियो।

यसबाट ग्राहकलाई थप सुविधासहितको बैंकिङ सेवा उपलब्ध हुने अपेक्षा राखेको बैंकले जनाएको छ।

हाल यस बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, सात प्रादेशिक कार्यालय, एक कर्पोरेट अफिस र १२१ एटिएमबाट सेवा प्रदान गर्दै आएको छ।

सुझावित समाचार