नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकले बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाउने भएका छन्।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) लिमिटेड र बुद्ध एयरबिच भएको सम्झौतामा एनआइएमबीका ग्राहकहरू साथै उनीहरूको परिवार (बुबा, आमा, श्रीमती, छोरा–छोरी)लाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा आठ प्रतिशत छुट दिने भएको छ।
सम्झौताअनुसार टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले एनआइएमबी डेबिट–क्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट एप (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ।
यो सम्झौताबाट एनआइएमबीका ग्राहक वर्गहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको विश्वास छ। गुणस्तर बैंकिङ सेवाका साथसाथै एनआइएमबीले अस्पताल, रेस्टुरेन्ट, सपिङ मललगायतका दर्जनौँ विभिन्न सेवामूलक क्षेत्रसँग सम्झौता गरी आफ्ना ग्राहकलाई थप सुविधा र छुटको व्यवस्था गर्दै आएको छ ।