बलिउड कलाकारको उपस्थितिमा ‘साम्बाला’को प्रिमियर (तस्बिरहरू)

सोमबार, २४ भदौ, २०८१
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी भई चर्चा कमाइसकेको फिल्म ‘साम्बाला’ले आइतबार प्रिमियर गरेको छ। छाया सेन्टरमा विशेष समारोहबिच आयोजित प्रिमियरमा भारतीय फिल्म निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दिकीको विशेष उपस्थिति थियो।

प्रिमियरमा नेपाली सिनेमा, रंगमञ्चका कलाकारदेखि राजनीतिकर्मी, पत्रकारलगायतको समेत बाक्लो उपस्थिति थियो। मीनबहादुर भामको दोस्रो फिचर निर्देशन रहेको यस फिल्मले बर्लिनको मुख्य विधा छनोट भएपछि चर्चा बाक्लिएको थियो । लोकार्नाे फिल्म फेस्टिभलमा यो फिल्मका लागि अभिनेत्री थिन्ले ल्हामोले अवार्ड जितेकी थिइन्।

उनले लोकार्नाे फिल्म फेस्टिभलमा ‘साम्बाला’बाटै प्रतिष्ठित ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी थिइन्। यो दक्षिण एसियाली कलाकारले पहिलोपटक पाएको अवार्ड थियो । 

निर्देशक भाम र अविनाशविक्रम शाह मिलेर लेखेको ‘साम्बाला’मा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्यलगायत कलाकारको अभिनय छ। फिल्म डोल्पाको ४२ सयदेखि ६ हजारको उचाइमा खिचिएको हो।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार