देगु तलेजुको पुनर्निर्माण सम्पन्न

आइतबार, २३ भदौ, २०८१
डिजिटल संस्करण

नौ वर्षअघिको भूकम्पले भग्नावशेष बनाएको विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित देगु तलेजु मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।  

भूकम्पपछि जीर्ण अवस्थामा रहेको ऐतिहासिक देगु तलेजु मन्दिरको बाहिरी भागको काम सकिएको र दोस्रो चरणमा भित्रको काम चलिरहेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख लीला पाठकले जानकारी दिए ।

भित्री भागको काम पूरा भएपछि क्षमापूजा गरेर उद्घाटन हुने जानकारी दिँदै उनले भने, ‘मल्लकालीन मन्दिर मौलिक शैलीमा पुनर्निर्माण गरिएको छ ।’ 

ललितपुरको सबैभन्दा ठुलो र अग्लो मन्दिरका रूपमा परिचित देगु तलेजु मन्दिर पुनर्निर्माणका लागि जापान सरकारले १३ करोड सहयोग गरेको हो । ललितपुरका अधिकांश सम्पदाको पुनर्निर्माण पूरा भएको छ भने केही निर्माणाधीन छन् ।     
 

सुझावित समाचार