स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा एक लाख ५३ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५२ हजार एक सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ५० निर्धारण भएको छ ।