नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले यही भदौ २४ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्दै छन्। उनी करिब ४२ वर्ष लामो अनवरत सैनिक सेवा एवं प्रधानसेनापतिको तीनवर्षे कार्यकाल सम्पन्न गरी अवकाश हुन लागेका हुन् ।
प्रधानसेनापति शर्माको सम्मानमा बुधबार जंगी अड्डामा विशेष समारोहबिच बिदाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रक्षासचिव रामेश्वर दंगालले नेपाली सेनाको संस्थागत सुदृढीकरण, आधुनिकीकरण र व्यावसायिक क्षमता वृद्धिका लागि प्रधानसेनापति शर्माले पुर्याएकाे योगदान चिरकालपर्यन्त स्मरणीय रहने बताए । साथै उनले प्रधानसेनापति शर्माको बौद्धिक व्यक्तित्व, रणनीतिक सुझबुझ र नेतृत्व कौशलबाट आफू प्रभावित रहेको उल्लेख गरे ।
मन्तव्यकै क्रममा सचिव दंगालले नयाँ प्रधानसेनापतिको रूपमा कार्यभार सम्हाल्न लागेका कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देललाई बधाई ज्ञापन गर्दै रक्षा मन्त्रालय र नेपाली सेनाबिच रही आएको सौहार्दपूर्ण सम्बन्धलाई आगामी दिनमा थप सुदृढ र नतिजामुखी बनाउन आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बताए ।
कामु प्रधानसेनापति सिग्देलले महारथी शर्माको सन्तुलित जीवन तथा शालीन शैली, जटिल परिस्थितिहरूको वस्तुपरक ढंगबाट सामना गर्न सक्ने क्षमताबाट आफू ज्यादै प्रभावित भएको बताए। उनले नेपाली सेनाको साख तथा प्रतिष्ठालाई थप उचाइमा पुर्याउन महारथी शर्माले प्रदर्शन गरेको दृढता र समर्पण भाव नेपाली सेनाको इतिहासमा सदैव जीवन्त रहने बताए ।
प्रधानसेनापति शर्माले नेपाली सेनामा नेतृत्व परिवर्तन नियमित प्रक्रिया रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा भएका दीर्घकालीन योजनाहरूको कार्यान्वयन तथा अन्य सांगठनिक उपलब्धिहरू सम्पूर्ण सकलदर्जाको सामूहिक प्रयासबाट सम्भव भएको बताए। उनले आफ्नो कार्यकालमा भएका संस्थागत सुदृढीकरण एवं विविध सकारात्मक प्रयासहरूमा निरन्तर साथ, सहयोग र रचनात्मक सुझाव प्रदान गर्ने रक्षा मन्त्रालयलगायत सम्बद्ध सबैमा कृतज्ञता व्यक्त गरे ।
प्रधानसेनापति शर्माको बिदाइ
चार सहसचिव सचिवमा बढुवा
३ हप्ता अघि
सुझावित समाचार
आइतबार १० बजेसम्मका १० समाचार
बुढीगण्डकी बाढी- पाँचजना सम्पर्कविहीन, तीन जलविद्युत् आयोजनामा क्षति बुढीगण्डकी बाढीमा परेर पाँचजना सम्पर्कविहीन भएका छन्।…
शिखर सुजको युवालक्षित नयाँ डिजाइन बजारमा
काठमाडौं / नेपालमा तीन दशकदेखि जुत्ता र चप्पल निर्माणमा अग्रणी नामका रूपमा चिनिएको शिखर सुजले युवालक्षित केही मोडलका जुत्ताहर…
सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन
काठमाडौं/ भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डव…
चोलेन्द्रलाई सहयोग गर्न खोज्दा आफ्नै जागिर गुमाए एआइजी दाहालले
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरामाथि सरकारले अनुसन्धान थालेपछि उनलाई सहयोग गर्न खोज्दा सशस्त्र प्रहरीका एआइजी व…
एआइजी दाहालमाथि जाँचबुझ सकियो, के होला कारबाही ?
काठमाडौं । सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहालमाथिको जाँचबुझ पूरा भएको छ । जाँचबुझ समितिले बिहीबार गृहमन्त्री सुधन गुरुङलाई…
बिहीबार १० बजेसम्मका १० समाचार
बुढानीलकण्ठबाट २० केजीभन्दा धेरै सुन बरामद प्रहरीले २० केजीभन्दा धेरै सुनसहित चिनियाँलाई पक्राउ गरेको छ। काठमाडौं उ…