कांग्रेस सांसदले भने– मन्त्रीहरूले बोल्दा जिब्रोमा ब्रेक लगाऊन्

मंगलबार, १८ भदौ, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै खतिवडाले मन्त्रीहरूलाई बोल्दा जिब्रोमा ब्रेक लगाउन सुझाव दिए।

‘म सत्तापक्षकै सांसद हुँ, तर माननीय सूचना तथा सञ्चारमन्त्रीज्यूले केही दिन पहिले नेपाल प्रहरीका आइजिपीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ। यो अभिव्यक्ति आपत्तिजनक छ,’ खतिवडाले भने, ‘मन्त्रीहरूलाई अनुरोध गर्न चाहन्छु– जिब्रोमा ब्रेक लगाइयोस्। अन्त कहाँकहाँ लगाउनुपर्ने हो ब्रेक, लाग्दै गर्ला । तर, मन्त्रीहरूले जिब्रोमा ब्रेक लगाएर बोल्ने गरियोस् । यसको जवाफ संसदमा दिइयोस्।’

साथै सांसद खतिवडाले गण्डकी प्रदेशमा मन्त्रीको पद बिक्री गर्न लागेको चर्चा चलिरहेको भन्दै त्यसबारेमा सरकारको जवाफ मागे। ‘मन्त्रीको पद पैसामा बिक्री गर्न सुरु गरेको हो कि होइन ? यस्ता अभिव्यक्ति किन आउँछन् ? यसबारे सरकारले जवाफ देओस्,’ उनले भने।

सुझावित समाचार