गृहमन्त्रीसँग भारतीय रक्षा महाविद्यालयका शिक्षार्थीको भेट

सोमबार, १७ भदौ, २०८१
डिजिटल संस्करण

गृहमन्त्री रमेश लेखकसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी)का शिक्षार्थीहरूको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।

सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतका सुरक्षा निकायबिच सीमा सुरक्षा, लागुऔषध नियन्त्रण र मानव बेचबिखन नियन्त्रणमा थप सहकार्य हुनुपर्नेमा जोड दिए।

भेटका अवसरमा कलेजका प्रतिनिधि सन्दीप एस सन्दुलगायत शिक्षार्थीहरूको सहभागिता रहेको थियो।

सुझावित समाचार