एलआइसी नेपाल २४औँ वर्षमा प्रवेश

सोमबार, १७ भदौ, २०८१
डिजिटल संस्करण

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड आफ्नो स्थापनाको २३ वर्ष पूरा गरी २४औँ वर्षमा प्रवेश गरेको छ। एलआइसी नेपाल २००१ सेप्टेम्बर १ मा स्थापना भई निरन्तर रूपमा सेवा प्रदान गर्दै आइरहेको नेपालको एक अग्रणी बिमा कम्पनी हो।

२३औँ वार्षिकोत्सवको अवसरमा कम्पनीको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको रूपमा कम्पनीका संस्थापक सञ्चालक अशोककुमार अग्रवालले कम्पनीमा उत्कृष्ट कार्य गर्ने अभिकर्ता, एजेन्सी म्यानेजर एवं निम्तालु अतिथिहरूलाई दोसल्ला ओढाएर तथा टीका एवं माला पहिर्याएर सम्मान गरेका थिए।

प्रथम बिमा शुल्क संकलनको आधारमा प्रथम हुने एजेन्ट पूर्णबहादुर खड्का, बिमालेखको आधारमा प्रथम हुने शारदा राई (काठमाडौं), एजेन्सी म्यानेजरको आधारमा प्रथम हुने रिता खतिवडालाई माला तथा दोसल्ला ओढाई सम्मान गरिएको थियो। 

त्यसैगरी सन् २००१ देखि अभिकर्ताको हैसियतमा सेवा प्रदान गर्ने उमेरले वरिष्ठ सक्रिय अभिकर्ता शंकर कार्की, चिकित्सकको रूपमा सेवा प्रदान गर्ने डा. अनिल मिश्र, हिमालयन पुनर्बिमा कम्पनीका डेपुटी कार्यकारी अधिकृत मनीष कुमार, केयर रेटिङका प्रमुख कार्यकारी अधिकृत आनन्दप्रकाश झा, इक्रा नेपालकी प्रबन्ध निर्देशक वर्षा श्रेष्ठलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो। 

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक प्रणय कुमारले वर्तमान विषम परिस्थितिको बाबजुद पनि कम्पनीले बिमाको माध्यमबाट मानिसको जीवनमा आइपर्ने जोखिम न्यूनीकरण गरी आमनागरिकको विश्वास जित्न सफल भएको बताए।

सुझावित समाचार