नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एपमार्फत पाँच लाखसम्मको स्मार्ट लोन दिने

सोमबार, १७ भदौ, २०८१
डिजिटल संस्करण

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एनआइएमबि स्मार्ट लोनको सुविधा सुरु गरेको छ।वित्तीय समावेशीकरण र सुलभतातर्फको पहलअन्तर्गत एनआइएमबि स्मार्ट मोबाइल बैंकिङ एपमा सोही लोनको सुरुवात गरेको हो । 

यो सुविधामार्फत बैंकका योग्य ग्राहकहरूले पाँच लाखसम्मको कर्जा एनआइएमबि स्मार्ट एपमार्फत विना कुनै धितो, कागजी प्रक्रिया वा बैंकमा उपस्थित नभई सजिलै लिन सक्नेछन् ।

बैंकले सो कर्जाको सहज भुक्तानीका लागि विभिन्न समय अवधिमा आफ्नो कर्जा तिर्ने विकल्पहरूसमेत प्रदान गरेको छ । यसमा ग्राहकहरूले एक महिनाभित्र वा बढीमा ३६ महिनासम्मको सरल किस्ताबन्दीको आधारमा पनि कर्जा भुक्तानी गर्न सक्नेछन्। साथै आफ्नो कर्जा रकम चाहेको समयमा एकैचोटि तिर्न चाहने ग्राहकहरूका लागि पूर्वभुक्तानीको समेत व्यवस्था मिलाइएको छ। 

सुझावित समाचार