एक वर्षमा चार ठेक्का, मंसिरभित्रै बाँकीको पनि बोलपत्र आह्वान गर्ने लक्ष्य
सरकारको लगानी र अमेरिकी सहयोग संस्था मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) अनुदानमा बन्ने १८ किलोमिटर लामो चार सय केभी क्षमताको ‘न्यु बुटवल–नेपाल÷भारत सीमा’ प्रसारणलाइन बनाउन भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडसँग ठेक्का सम्झौता भएको छ ।
शुक्रबार मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङका प्रतिनिधि अमोल वांखेदेबिच ठेक्का सम्झौता भएको हो ।
यसअन्तर्गतको परियोजना ३० अगस्ट ०२३ देखि कार्यान्वयनमा प्रवेश गरेको थियो । एक करोड २३ लाख ६० हजार डलरमा कम्पनीसँग ठेक्का सम्झौता गरिएको एमसिए नेपालले जनाएको छ । अबको २१ महिनामा निर्माण सक्नुपर्ने सर्त छ ।
डा. रामप्रसाद घिमिरे सचिव, अर्थ मन्त्रालय
निर्माण सम्झौता सम्पन्न भइसकेका कुल १२.६० करोड अमेरिकी डलर बजेटयुक्त तीनवटा सबस्टेसनसहित यो १८ किमि प्रसारणलाइनले ऊर्जासम्बन्धी आन्तरिक लक्ष्यसँगै क्षेत्रीय ऊर्जा बजारमा नेपाललाई स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्नेछ ।
खड्गबहादुर विष्ट, कार्यकारी निर्देशक, एमसिए नेपाल
छिटो निर्माण सम्पन्न गर्नका लागि बृहत् प्रसारणलाइनबाट छुट्याइएको यस १८ किमि सीमापार अंशले राष्ट्रिय गौरवको आयोजनाको लक्ष्य हासिल गर्न सहयोग पुग्नेछ । एमसिसी नेपाल कम्प्याक्टको यस निर्माण सम्झौता प्रगतिको स्पष्ट सूचक हो ।