पारा ओलम्पिक : पलेशा क्वार्टरफाइनलमा चुकिन्

शुक्रबार, १४ भदौ, २०८१
डिजिटल संस्करण

अन्तिम सेकेन्डमा दुई अंक गुमाएपछि नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पेरिस पारा ओलम्पिकको क्वार्टरफाइलमा पराजित भएकी छिन्।  

बिहीबार पेरिसमा भएको के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशा ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेससँग १०–८ ले पराजित भइन् ।

केही सेकेन्डअघिसम्म दुईबीचको प्रतिस्पर्धा रोमाञ्चक बनेको थियो। बराबरतर्फ अगाडि बढिरहेको खेलमा सिल्भानाले अन्तिम दुई किक हान्दै खेल आफ्नो पक्षमा पारेकी हुन्। 

अब, पलेशाले रिपाचेजमार्फत कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने अवसर पाएकी छिन्। त्यसका लागि लगातार दुई खेल जित्नुपर्ने हुन्छ। 

यसअघि आजै दिउँसो भएको पहिलो चरणको खेलमा पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सविरुद्ध पिटिजीको आधारमा ३१–० को सहज जित निकालेकी थिइन्।

यसअघि गत चैत चीनमा भएको छनोट पार गर्दै पलेशाले पेरिस ओलम्पिकमा स्थान बनाएकी थिइन्। उनी छनोट चरण पार गरेर सीधै ओलम्पिक खेल्ने पहिलो पारा खेलाडी हुन्। 

यसअघि टोकियो पारा ओलम्पिकमा पनि पलेशाले कांस्य पदक जितकी थिइन्।

सुझावित समाचार