अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ

शुक्रबार, १४ भदौ, २०८१
डिजिटल संस्करण

सन् १९१९ मा फ्रान्सको पेरिसमा स्थापित विश्वका व्यवसायीहरूको सर्वोच्च संस्था र १७० देशका करिब चार लाख ५० हजार सदस्य भएको अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आइसिसी) नेपाल राष्ट्रिय समितिको अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौंमा सम्पन्न साधारणसभाबाट उनी निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका हुन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, संघ–संस्थातर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, लिमिटेड कम्पनीहरूको तर्फबाट उपाध्यक्षमा गणेश कार्की निर्वाचित भएका छन् ।

साथै, बैकिङ क्षेत्रको उपाध्यक्षमा सुनील केसी, इन्स्योरेन्स क्षेत्रको उपाध्यक्षमा चंकी क्षेत्री, एसोसिएट कम्पनीको उपाध्यक्षमा राजेन्द्र अर्याल, पदेन उपाध्यक्षमा राजेन्द्र मल्ल, मानार्थ उपाध्यक्षमा श्री लाक्पा सोनाम शेर्पा निर्वाचित भएको आइसिसीले जनाएको छ । 

यसैगरी, महासचिवमा नरेशप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कुशप्रसाद मल्ली तथा सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे निर्वाचित भएका छन् । 

सुझावित समाचार