टिआरसी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

बिहिबार, १३ भदौ, २०८१
डिजिटल संस्करण
टिआरसी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन्। संघीय संसद्का दुवै सदनबाट पारित भएपछि विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको हो।

गत साउन ३० मा प्रतिनिधिसभाबाट पारित भएको विधेयक यही भदौ ६ गते राष्ट्रिय सभाले पारित गरेको थियो।

सुझावित समाचार