दाेहाेराे नागरिकता लिन खोज्ने पक्राउ

बिहिबार, १३ भदौ, २०८१
डिजिटल संस्करण

एकपटक नागरिकता लिएपछि पुनः अर्कोपटक झुटो विवरण पेस गरेर नागरिकता लिन खोज्ने एकजनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार नवलपुरको गैँडाकोट नगरपालिका– ५ निवासी बलराम सापकोटाका २८ वर्षीय छोरा अर्जुन सापकोटा पक्राउ परेका हुन्।

०७३ साउन १४ गते जिल्ला प्रशासन कार्यालय बागलुङबाट ३६२०२६–२५८३ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र लिएका सापकोटाले जिल्ला प्रशासन कार्यालय नवलपुरबाट पुनः नागरिकता लिन लागेको थाहा पाएपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए। उनले जन्ममितिलगायतका सम्पूर्ण विवरण झुटो पेस गरेका थिए।

पक्राउ परेका सापकोटालाई मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा १४  (६) बमोजिम दोहोरो नागरिकता कसुरमा पक्राउ गरिएको हो। उनले भदौ ११ गते जिल्ला प्रशासन कार्यालय नवलपुरमा झुटो विवरण पेस गरेर दोहोरो नागरिकता लिन खोजेकोले जिल्ला प्रशासन कार्यालय नवलपुरको पत्रअनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

सापकोटालाई जिल्ला अदालतमार्फत ५ दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार