एनआइसी एसिया क्यापिटलको ५२.५३% नगद लाभांश पारित

बिहिबार, १३ भदौ, २०८१
डिजिटल संस्करण

एनआइसी एसिया क्यापिटलले ५२.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । मंगलबार सम्पन्न संस्थाको वार्षिक साधारणसभाबाट चुक्ता पुँजीको ५२.५३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो । 

त्यस्तै, सभाले आर्थिक वर्ष ०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै ०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणउपर छलफल गरी पारित गरेको छ । सभामा सञ्चालक समिति अध्यक्ष सन्तोषकुमार राठीले रु.२० करोड चुक्ता पुँजी भएको संस्थाले समीक्षा अवधिमा रु. ३० करोडभन्दा बढी आम्दानी गरी रु. १२ करोड १६ लाखभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी गराए । 

त्यसैगरी, म्युचुअल फन्ड सेवाअन्तर्गत पाँचवटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी ६ वटा योजनामार्फत रु. ५ अर्ब ५२ करोडभन्दा बढी रकम व्यवस्थापन गरेको पनि राठीले सभामा जानकारी दिए । हाल संस्थाले रु. २ अर्ब ११ करोडभन्दा बढीको रकम व्यवस्थापन गरेको छ भने सेयर रजिस्ट्रार सेवाअन्तर्गत २४ वटा कम्पनीलाई सेवा उपलब्ध गराइरहेको बताइएको छ । 

सुझावित समाचार