नाडा अटो सोको १६औँ संस्करणमा महालक्ष्मी विकास बैंकले कर्जा परामर्श दिने भएको छ । अटो सोमा बैंकले गाडी खरिदका लागि परामर्श दिन सहभागिता जनाएको हो । गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य बैंकले गर्नेछ ।
हाल विकास बैंकहरूमा सबैभन्दा सस्तो ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको यस बैंकले ९.९९ प्रतिशतमै सवारी कर्जा प्रदान गर्नेछ । महालक्ष्मी विकास बैंकमार्फत सवारी कर्जा लिन चाहने ग्राहकले स्टल नं ई–३३ मा गई सम्पर्क गर्न सक्नेछन् ।