साफ यू–२० च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाल बंगलादेशविरुद्ध पछि परेको छ । मिराजुल इस्लामको गोलमा बंगलादेशले १–० गोलको अग्रता लिएको हो।
एन्फा कम्प्लेक्स मैदानमा खेलको पहिलो हाफ सकिएसँगै थप भएको २ मिनेटमा बंगलादेशले अग्रता लिएकाे हो। नेपाल तेस्रोपटक र बंगलादेश पहिलोपटक च्याम्पियन हुने योजनाका साथ मैदानमा उत्रिएका छन्।