योगेशको आरोप– तत्कालीन प्रधानमन्त्री प्रचण्डका कारण विद्युत् बक्यौताको विवाद सुरु भयो

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पछिल्लोपटक प्रधानमन्त्री भएपछि विद्युत् बक्यौताको विवाद सुरु भएको दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भट्टराईले गत वैशाखमा प्रचण्डले १६ अर्ब मिनाहा गर्ने आशयको पत्र लेखेर विवाद सुरु गरेको आरोप लगाए।

‘यो विवाद कहाँबाट आयो भन्दा सभामुख महोदय, पुष्पकमल दाहालजी प्रधानमन्त्री भएपछि पछिल्लोपटक ७९ को निर्वाचनपछि । यस विषयलाई हल गर्न उहाँले राम्रै नियतले गर्नुभयो होला वा के नियतले गर्नुभयो म त्यतातिर जान चाहन्नँ । उहाँले पूर्वन्यायाधीशको अध्यक्षतामा लाल आयोग गठन गर्नुभयो । त्यो आयोगको रिपोर्टको आधारमा उहाँले गएको वैशाख २७ गते ऊर्जा मन्त्रालयमार्फत नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन गर्नुभयो, एउटै मितिमा दुईवटा पत्र पठाउनुभयो । २१ अर्ब ८८ करोडको बक्यौतालाई उहाँले एकैचोटि ६ अर्बमा झारिदिनुभयो र बाँकी १६ अर्ब मिनाहा गर्ने आशयको पत्र लेख्नुभयो । विवाद यहाँबाट सुरु भएको हो,’ भट्टराईले भने।

सुझावित समाचार