नेपाल भ्रमणका लागि अमेरिकामा घिमिरेको प्रचारात्मक अभियान

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

अमेरिकाको नर्थ क्यारोलिना राज्यका पर्यटक प्रवर्द्धकका रूपमा रहेका विक्रम घिमिरेले नेपालबारे प्रचार गर्दै भ्रमणका लागि प्रचारात्मक कार्यक्रम गरेका छन् । नर्थ क्यारोलिनामा भएको दुईदिने विशेष मेलामा उनले नेपाल भ्रमणका लागि पर्यटक आकर्षण गर्दै प्रचार–प्रसार गरेका छन् ।

प्राकृतिक सुन्दरताले भरिएको सुन्दर देश नेपाल भ्रमण गर्दा निकै आनन्द मिल्ने खालका सन्देश दिने प्रचार सामग्रीहरू वितरण गरेर नेपालको प्रचारप्रसार गरेको उनले बताए । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल तथा सगरमाथाको देश नेपालको एकपटक भ्रमण गर्न मेलामा आउनेहरूलाई अनुरोध गरेको भन्दै उनले प्रचारात्मक कार्यक्रम निकै फलदायी भएको बताए ।

मेलामा सहभागीहरूलाई नेपालबारे अवगत गराउँदा निकै उत्साहपूर्वक जानकारी लिएको र भ्रमणका लागि प्रेरित गरेको आफूले अनुभूति गरेको घिमिरेले बताए ।  

पर्यटन प्रवर्द्धनमा सक्रिय घिमिरेलाई यही ०८० फागुन १३ गते मन्त्रीस्तरीय निर्णयबाट नर्थ क्यारोलिनाको पर्यटन प्रवर्द्धकमा  नियुक्त गरिएको थियो । 

सुझावित समाचार