बजारमा विभिन्न ब्रान्डका हेडफोन पाइन्छन् । तपाईंले ती ब्रान्डको तुलना गरेर बजेटअनुसार हेडफोन लिन सक्नुहुन्छ । गुणस्तरीय साउन्ड सुन्नका लागि हेडफोन खरिद गरिने भएकाले आवाज स्पष्ट भए–नभएको जाँच गर्नुपर्छ ।
लामो समयसम्म कानमा लगाएर राख्नका लागि सहज हुनेखाले हेडफोन किन्नुपर्ने हुन्छ । सकभर हल्काखाले हेडफोन किन्नु राम्रो हुन्छ, जसले कानलाई भारी नबनाओस् ।
आजकाल धेरै हेडफोन ब्लुटुथ कनेक्टिभिटीसहितका हुन्छन् । तपाईंले ती हेडफोन स्मार्टफोन, ट्याबलेट वा अन्य डिभाइससँग सहजै कनेक्ट भए–नभएको जाँच गर्नुपर्छ । लामो अवधिसम्म ब्याट्री टिक्ने, राम्रो टच कन्ट्रोल र फिजिकल बटन भएको हेडफोन रोज्नुपर्छ ।