छतमा फलेको लौका टिप्ने क्रममा करेन्ट लागेर एकजनाकाे मृत्यु

मंगलबार, ११ भदौ, २०८१
डिजिटल संस्करण

दाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मंगलबार बिहान घरको छतमा फलेको लौका टिप्ने क्रममा नांगो तारले करेन्ट लाग्दा घोराही– १२ डाँडागाउँनिवासी ६८ वर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमिल्सिनाका अनुसार उनको शवलाई परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

See More On

सुझावित समाचार