मानुषी लघुवित्त वित्तीय संस्था सिर्जनशील लघुवित्तसँग डिमर्जमा जाने भएको छ । मानुषीको विशेष साधारणसभाले सिर्जनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
संस्थाले सिर्जनशीलसँग मर्जसम्बन्धी सबै प्रक्रिया गत आवमै पूरा गरेको थियो । विशेष कारणवश उक्त प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी सभामा गराइएको हो ।
संस्था र संस्थाका सम्पूर्ण लगानीकर्ताको हितका लागि यसो गरिएको संस्थाले जनाएको छ । यो मर्जर पूरा हुन नसके पनि अर्को उपयुक्त लघुवित्तको खोजी गरी मर्जरमा जानका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।
१४ जिल्लामा ३६ वटा शाखा रहेका संस्थाको सेयर पुँजी १० करोड ९३ लाख ७५ हजार रहेको छ ।