बिवाइडीको ०२४ भर्सन एट्टो–३ नेपाली बजारमा

सोमबार, १० भदौ, २०८१
डिजिटल संस्करण

उन्नत प्रविधि, परिष्कृत डिजाइन र अल न्यु बिवाइडी एपसहित २०२४ भर्सनको बिवाइडी एट्टो–३ नेपालमा सार्वजनिक भएको छ । बिवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले एट्टो–३ सार्वजनिक गरेको हो । 

पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी मानिएको बिवाइडी एट्टो–३ नेपालमा सर्वाधिक बिक्री भई एसयुभी बन्ने क्रममा रहेको कम्पनीले जनाएको छ । छोटो समयमै तीन हजार युनिटभन्दा बढी एट्टो–३ बिक्री भएको कम्पनीको भनाइ छ । ड्राइभिङ अनुभवलाई उत्कृष्ट बनाउन एट्टो–३ को नयाँ भर्सनमा नयाँ फिचर थपिएका छन् । हाल यो गाडी आकर्षक कसमस ब्ल्याक कलर अप्सनमा समेत उपलब्ध भएको बताइएको छ ।

कम्पनीका अनुसार एट्टो–३ को इन्फोटेनमेन्ट सिस्टमलाई समेत थप अपग्रेड गरिएको छ । पहिले १२.८ इन्च रहेकोमा अब यो १५.६ इन्च छ र यसले ड्राइभर तथा प्यासेन्जरको डिजिटल अनुभवलाई अझै रमाइलो बनाउनेछ । साथै यसमा नयाँ फिचर बिवाइडी एप पनि थपिएको  छ । अत्याधुनिक एप्लिकेसनले गाडीधनीको ड्राइभिङ अनुभवलाई सहज तरिकाले नियन्त्रण प्रदान गर्न भूमिका खेल्ने कम्पनीले जनाएको छ । 

एट्टो–३ ०२४ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध छ । एड्भान्सको ५६ लाख ९० हजार र सुपेरियरको ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ । कसमस ब्ल्याक, स्की ह्वाइट, बुल्डर ग्रे र सर्फ ब्लु गरी विभिन्न चार कलर अप्सनमा उपलब्ध हुने छ । 

See More On

सुझावित समाचार