अमेरिकी सञ्चारमाध्यम र ‘वैश्विक व्यापार युद्ध’को सनसनी

सोमबार, १० भदौ, २०८१
डिजिटल संस्करण

वाल स्ट्रिट जर्नल (डब्लुएसजी)को हालैको ‘किन चीनले नयाँ व्यापार युद्ध सुरु गर्दै छ’ भन्ने सनसनीखेज लेखले चीनले उत्पादनलाई प्रोत्साहन गर्न निर्माण गरिरहेको दबाबले विश्वव्यापी व्यापारमा तनाव निम्त्याउन सक्ने संकेत गरेको छ । यो तर्क, ‘अधिक क्षमता’मा केन्द्रित पुरानो समाचार हो । डब्लुएसजीको ‘वैश्विक व्यापार युद्ध’ बिल्लाको प्रयोग ताजा विश्लेषणभन्दा सनसनी फैलाउन निर्माण गरिएको देखिन्छ ।

डब्लुएसजीको विकृत पक्षपातअनुसार चीनलाई आफ्नो खुलापनका लागि ‘दोषी’का रूपमा चित्रण गरी अमेरिकाको संरक्षणवादी अडानलाई ‘उचित’ मानिएको छ । घरेलु उपभोग बढाउने पक्षमा उत्पादन र निर्माणमा भारी निर्भरताबाट टाढा सर्दै चीनले आफ्नो आर्थिक रणनीतिमा पुनर्विचार गर्नुपर्ने सुझाव लेखले दिएको छ । यो परिवर्तनले चीनको वृद्धिलाई स्थिर बनाउन र यसलाई अमेरिकी मोडेलसँग थप पंक्तिबद्ध गर्न सक्ने सुझाव दिएको छ ।

चीनले अमेरिकाबाट के सिक्न चाहन्छ भनेर डब्लुएसजीले स्पष्ट पारेको छैन । के चीनले मुद्रास्फीति न्यूनीकरण ऐनमा जस्तै भेदभावपूर्ण अनुदान अपनाउनुपर्छ ? वा विश्व व्यापार संगठन (डब्लुटिओ)को पुनरावेदन निकाय न्यायाधीश नियुक्ति अवरुद्ध गर्न अमेरिकालाई पछ्याउनुपर्ने हो ? वा अमेरिकामा न्यूनतम निर्यात हुने चिनियाँ विद्युतीय सवारीसाधनमा शतप्रतिशत भन्सार कर लगाउनु हो ? के डब्लुएसजीले अमेरिकालाई अन्य राष्ट्रका लागि ‘मानक’ मान्दा आत्मालोचना गर्न सक्ने साहस राख्छ ? 

चीनको उत्पादन क्षेत्रको प्रगति कुनै संयोग होइन । सन् २००० देखि अनुसन्धान र विकासमा चीनको लगानी औसत वार्षिक १४.२ प्रतिशतले बढेको छ जुन अमेरिकाको भन्दा चार गुणाले बढी हो । १५ वर्षदेखि चलिरहेको सामान व्यापार निर्यातमा चीनले विश्वव्यापी विश्वको नेतृत्व गरेको छ र सोही अवधिमा सामानको दोस्रो ठूलो आयातकर्ता बनेको छ ।

चीनको उत्पादन विकासले अन्य देशलाई क्षति पुर्याइरहेको छैन, तर अमेरिकी संरक्षणवादले भने अन्य मुलुकलाई क्षति पुर्याइरहेको छ

अन्तर्राष्ट्रिय व्यापार, जसलाई विश्वव्यापीकरण र बजार–सञ्चालित वातावरणले आकार दिन्छ त्यसमा निर्यात प्रदर्शन मुख्य रूपमा तुलनात्मक लाभ र बाह्य मागमा निर्भर हुन्छ । चिनियाँ अर्थतन्त्रमा डब्लुएसजीको दीर्घकालीन रूपमा ध्यान दिने गरेको भए पनि यसले चीनको उत्पादन क्षेत्रका सन्दर्भमा मौजुदा कारकबारे सचेत भएर पनि तिनलाई बेवास्ता गर्छ ।

डब्लुएसजीले गर्ने तथ्यको विकृतीकरण र भ्रामक विचारको प्रसारले व्यावसायिक निष्ठाको कमी र सम्भावित बद्नियतपूर्ण उद्देश्य झल्काउँछ । यस वर्ष डब्लुएसजी प्रकाशनले लगातार चिनियाँ अर्थतन्त्रबारे नकारात्मक लेखको शृंखला नै जारी गरेको छ । चीनको कथित अत्यधिक क्षमताविरुद्धको हालको अमेरिकी अभियानमा डब्लुएसजीले अमेरिकी व्यापार संरक्षणवाद र आर्थिक राष्ट्रवादको औचित्य प्रदान गर्ने र चीनको नयाँ ऊर्जा क्षेत्रलाई दबाउन अमेरिकी सरकारको प्रयासलाई समर्थन जुटाउने ‘मुखपत्र’का रूपमा काम गरेको छ ।

वास्तवमा अमेरिका नयाँ विश्वव्यापी व्यापार युद्धको चिन्ताको प्रमुख स्रोत हो । सन् २०२३ मा अमेरिका एक्लैले डब्लुटिओ सदस्यले गरेका चार हजारभन्दा बढी प्राविधिक नियम मिचाइमा चार सय ५४ नियम मिचेको छ, जुन अन्य पाँच देशका संयुक्त कुल नियम मिचाइभन्दा बढी हो ।

जुलाईको डब्लुटिओको प्रतिवेदनले संरक्षणवादी दबाबको बाबजुद पनि अधिकांश सदस्यले व्यापारलाई प्रोत्साहन गरेका छन्, भन्सार कर घटाएका छन्, आयात प्रतिबन्ध कम गरेका छन् र व्यापार सहजीकरणका उपायले प्रतिबन्धात्मक नीतिलाई माथ दिन्छ । यसले व्यापार प्रवाह कायम राख्ने र डब्लुटिओ संयन्त्रमार्फत विवाद समाधान गर्ने प्रतिबद्धतालाई संकेत गर्छ । डब्लुएसजीद्वारा चित्रण गरिएको व्यापार घर्षण अतिरञ्जित छ, वास्तवमा विश्वव्यापीकरण जारी छ र अमेरिका उल्ट्याउने बाटोमा छ ।

चीनको उत्पादन विकासले अन्य देशलाई क्षति पुर्याउँदैन, तर वास्तवमा अमेरिकी संरक्षणवादले भने अन्य मुलुकलाई क्षति पुर्याइरहेको छ । श्रमको विशेष विभाजनका आधारमा निर्मित स्वतन्त्र व्यापारले सबै व्यापारिक साझेदारको हितलाई अधिकतम बनाउँदै मुलुकलाई तिनले आर्जन गरेको तुलनात्मक लाभलाई पूर्ण रूपमा प्रयोग गर्न अनुमति दिन्छ । अर्कातर्फ संरक्षणवादले प्रायः उच्च मुद्रास्फीति बढाउँछ, उत्पादन क्षमतामा कमी ल्याउँछ र उत्पादन एवं जीवनयापन लागत बढाउँछ । व्यापार अवरोधले टाट पल्टिएका कम्पनीले प्राविधिक नवप्रवर्तन र लागत अनुकूलनका लागि प्रोत्साहन गुमाउँछन् । गुणस्तरीय उत्पादन र सेवाविना बजारको मागलाई उत्तेजित गर्न सकिँदैन यदि गरियो भने यसले व्यापार–व्यवसायलाई थप तल झार्छ ।

डब्लुएसजीको लेखले डब्लुटिओलाई एकपटक पनि उल्लेख नगरेकोबारे हामी राम्रैसँग अवगत छौँ । त्यसैगरी, यसअघिका सम्बन्धित लेखले पनि डब्लुटिओलाई विरलै उल्लेख गरेका छन् । विश्वव्यापी व्यापार हालको स्तरमा पुगेको अवस्थामा केही स्थानीयकृत घर्षण अपरिहार्य नै हुने गर्छ, तर मुख्य कुरा डब्लुटिओका नियम र संयन्त्रमार्फत नै यी समस्या वा तनाव समाधान गर्नुपर्छ । न त डब्लुएसजी न वासिङ्गटनसँग डब्लुटिओलाई उपेक्षा गर्ने र अन्य देशलाई बेवास्ता गर्ने अधिकार छ ।

यस वर्षको पहिलो सात महिनामा चीनको आयात र निर्यातको मात्राले कीर्तिमानी स्तर कायम गरेको छ भने गैरवित्तीय बाह्य प्रत्यक्ष लगानी वार्षिक रूपमा १६.२ प्रतिशतले बढेको छ । यसका पछाडि चीनको खुलापनको सक्रिय नीति जिम्मेवार छ । केही अमेरिकी मिडिया र सञ्चारमाध्यमले चिनियाँ निर्यातमा आएको गिरावटले एक महिना ‘विश्वलाई खतरा’मा पा¥यो र अर्को महिना चिनियाँ निर्यातमा भएको वृद्धिले पनि ‘विश्वलाई खतरा’ भएको दाबी गरेका छन् । यदि यी माध्यमले व्यक्तिगत रूपमा चिनियाँ आयात, निर्यात र लगानीको फाइदा महसुस गरेका छैनन् भने यो तिनको आफ्नै मानसिकता र सरकारी नीतिको परिणाम हो । यी सञ्चारमाध्यमले अरूलाई दोष लगाउनुको सट्टा आत्मचिन्तनमा संलग्न हुन आवश्यक छ ।

(२३ अगस्ट, २०२४ को ग्लोबल टाइम्सको सम्पादकीय) 

सुझावित समाचार