मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पसबिच समझदारी

आइतबार, ९ भदौ, २०८१
डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंक र स्याङ्जा चापाकोटस्थित चापाकोट क्याम्पसबिच सम्झौता भएको छ । सम्झौतामा बैंकले वित्तीय साक्षरतालगायत करिअर विकासका कार्यक्रममा अवसर प्रदान गर्ने उल्लेख छ । 

उक्त समझदारीपत्रमा बैंकका गण्डकी क्षेत्रीय प्रमुख ऋषिराम ढकाल र क्याम्पसको तर्फबाट क्याम्पसका कार्यवाहक प्रमुख पोषराज देवकोटाले हस्ताक्षर गरेका हुन् ।

यसको अवधि पाँच वर्षको हुनेछ । क्याम्पसमा व्यवस्थापन संकायअन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिप, वित्तीय साक्षरता कार्यक्रमलगायत करिअर विकासका कार्यक्रममा बैंकले अवसर प्रदान गर्नेछ । 
 

सुझावित समाचार