पहिरोले अवरुद्ध अरनिको राजमार्ग दुईतर्फी खुल्यो

आइतबार, ९ भदौ, २०८१
डिजिटल संस्करण

पहिरोका कारण अवरुद्ध भएको काभ्रेको भुम्लु गाउँपालिका- ८ बन्देउडाँडास्थित अरनिको राजमार्ग खुलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार आज बिहान ४:२० बजेबाट सडक अवरुद्ध भएको थियाे । 

सुक्खा पहिरोसहितको रुख ढली राजमार्ग अवरुद्ध भएको थियो। अवरुद्ध भएको सडक खुलाउन प्रहरीटोली र स्थानीय खटिएका थिए । अहिले सडक दुईतर्फी खुलेको प्रहरीले जनाएको छ । 

जिरोकिलो–मेलम्ची सडकखण्ड पनि खुल्यो
त्यस्तै, पहिरोका कारण अवरुद्ध भएको काभ्रेको पाँचखाल- ४ फेदीस्थित जिरोकिलो–मेलम्ची सडकखण्ड पनि खुलेको छ ।  माथिबाट पहिरो आई जिरोकिलो मेलम्ची सडकखण्ड दुईतर्फी रूपमा बन्द भएको थियो । उक्त स्थानमा प्रहरी टोली, स्थानीय निकाय र सडक विभागको समन्वयमा सडक दुईतर्फी खुलाइएको प्रहरीले जनाएको छ ।

सुझावित समाचार