अछाममा भिरबाट लडेर एकजनाको मृत्यु

शुक्रबार, ७ भदौ, २०८१
डिजिटल संस्करण

अछाममा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– ५ लयाटीमा खेतको काम सकेर घर फर्किने क्रममा भिरबाट खसेर ४५ वर्षका कमलबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए ।  

उनका अनुसार मृतक शाही घरदेखि पाँच सय मिटरको दूरीमा रहेको बडरुख भन्ने ठाउँमा चिप्लिएर लड्दा सय मिटर तल भिरमा खसेका थिए । घाइते अवस्थामा भेटिएका उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि दैलेख जिल्लाको राकम लैजाने क्रममा बिचबाटोमै उनको मृत्यु भएको हो । 

मृतक शाहीको शव पोस्टमार्टमका लागि अछाम सदरमुकाम मंगलसैनस्थित जिल्ला अस्पताल ल्याइएको छ । 
 

See More On

सुझावित समाचार