सुनको मूल्य तोलामा ११ सयले घट्यो

बिहिबार, ६ भदौ, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु. एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बुधबार प्रतितोला  एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि  एक लाख ५१ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्यमा हालसम्मकै उच्च कीर्तिमान कायम भएको थियो। यस्तै, चाँदीको मूल्य प्रतितोला  पाँचले कम भई आज  एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको छ । 

See More On

सुझावित समाचार