दाङको महेन्द्र बहुमुखी क्याम्पसमा बम पड्काउने दुईजना पक्राउ

बिहिबार, ६ भदौ, २०८१
डिजिटल संस्करण

दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बम पड्काउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान करिब १० बजेतिर सुतली बम पड्काएर भाग्दै गरेको अवस्थामा घोराही  उपमहानगरपालिका– १५ निवासी प्लस टु सकेका अभियान थापा र सोही महेन्द्र बहुमुखी क्याम्पसमा पढ्ने सुदन कार्कीलाई पक्राउ गरिएको हो।

उनीहरूले मोटरसाइकलमा आएर बम फालेका थिए। त्यही क्रममा भाग्दै गर्दा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरी पड्केको स्थानबाट सुतली बमका टुक्राहरू फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमिल्सिनाले बताए ।

उनीहरूले रमाइलोका लागि बम पड्काएको बयान दिएको प्रहरीको भनाइ छ ।
 

सुझावित समाचार