वरीयतामा नेपालको सुधार

बिहिबार, ६ भदौ, २०८१
डिजिटल संस्करण

आइसिसीले बुधबार टेस्ट, एकदिवसीय तथा टी–२० को नयाँ वरीयता सार्वजनिक गरेको छ । वरीयताअनुसार नेपालले एकदिवसीयतर्फ एक स्थान सुधार गरेको छ । नेपाल १६औँ स्थानमा रहेको आइसिसीले जनाएको छ ।

नेपालको ३१ रेटिङ अंक छ । यसअघि नेपाल १७औँ स्थानमा थियो । आइसिसी विश्वकप लिग–२ मा लगातार चार खेल गुमाएको क्यानडाले दुई स्थान गुमाएको छ । नेदरल्यान्ड्समा चलिरहेको त्रिकोणात्मक सिरिजमा क्यानडाले खेल गुमाएको हो । 

क्यानडा १८औँ स्थानमा रह्यो । ओमानले पनि एक स्थान सुधार गरेको छ । ओमान २४ रेटिङका साथ १७औँ स्थानमा रहेको आइसिसीले जनाएको छ । एसोसिएटतर्फको शीर्ष स्थानमा स्कटल्यान्ड छ ।

स्कटल्यान्ड ११औँ स्थानमा छ । एसोसिएटमा नेपालभन्दा अगाडि स्कटल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया रहेका छन् । एकदिवसीय वरीयतामा भारत पहिलो, अस्ट्रेलिया दोस्रो र तेस्रो स्थानमा दक्षिण अफ्रिका छन् । टी–२० वरीयतामा भने नेपाल १७औँ स्थानमै यथावत् रह्यो । 

See More On

सुझावित समाचार