काजकिस्तानकी कालिनोभा मधेशमा आबद्ध

मंगलबार, ४ भदौ, २०८१
डिजिटल संस्करण

काजकिस्तानको राष्ट्रिय टोली तथा लिगमा आबद्ध कालिनोभा स्पाइकर पोसेसनबाट खेल्छिन्

नेपालमा पहिलोपटक आयोजना हुने एभरेस्ट महिला फ्रेन्चाइज भलिबल लिगमा आबद्ध टोलीले विदेशी खेलाडी अनुबन्ध क्रम सुरु गरेको छ । मधेश युनाइटेडले काजकिस्तानकी अनुभवी खेलाडी कालिनोभा यभजिनियालाई विदेशी खेलाडीका रूपमा भित्र्याएको छ । लिगमा तीन विदेशी खेलाडी राख्न र एकजना ट्यालेन्ट हन्टबाट राख्न पाउने प्रावधान रहेको छ । 

गत साता आयोजक इन्फिनिटी ड्रिम्सले ६ टोलीका समान आठ खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेको थियो । मधेशले सहभागीमध्ये टोलीमा विदेशी खेलाडी भित्र्याउने पहिलो भएको जनाएको छ । ‘मधेश युनाइटेडले लिगलाई मध्यनजर गर्दै पहिलो विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ,’ टोलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

मधेशको मार्की खेलाडीका रूपमा नेपाली राष्ट्रिय टोलीकी स्पाइकर निरुता ठगुन्ना छिन् । काजकिस्तानको राष्ट्रिय टोलीबाट खेलिसकेकी कालिनोभा स्पाइकर पोसेसनबाट खेल्नेछिन् । ३५ वर्षीय कालिनोभासँग काजकिस्तानको लिग खेलेको अनुभव छ । उनको उचाइ १८० सेन्टिमिटर छ । उनले मधेशसँग अनुबन्ध भएकोमा खुसी जनाएकी छिन् । 

’मधेशमा अनुभव हुँदै एभरेस्ट महिला भलिबल लिग खेल्न म नेपाल आउँदै छु,’ सोसल मिडियामा कालिनोभाले भनिन्, ‘हाम्रो टिमलाई समर्थन गर्नुहोला ।’ मधेशकी अपरेसन हेड संज्ञा श्रेष्ठले कालिनोभालाई काजकिस्तानकी खेलाडीको आगमनले टोलीलाई धेरै फाइदा पुग्ने बताइन् । मधेशको टोलीमा हिरा केसी, पुजा थारू र जसना महतो छन् । 

सुझावित समाचार