कजारिया टायल्स ग्यालेक्सी सोरुम धनगढीमा

सोमबार, ३ भदौ, २०८१
डिजिटल संस्करण

कजारिया रमेश टायल्सले धनगढीमा कजारिया ग्यालेक्सी सोरुम सञ्चालनमा ल्याएको छ । राठी इन्टरप्राइजेजद्वारा सञ्चालित यो सोरुम पश्चिम नेपालकै ठूलो रहेको कम्पनीको दाबी छ । सोरुमले ग्राहकका विविध आवश्यकता पूरा गर्ने बताइएको छ ।

 उद्घाटन कार्यक्रममा कजारियाका निर्देशक हिमांशु अग्रवाल, कन्ट्री म्यानेजर प्रवीण सिंह, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र धनगढी उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष बुद्धिबहादुर खड्कालगायतको उपस्थिति थियो । 

कजारिया ग्यालेक्सी सोरुम आधुनिक डिजाइनका टायल्सका लागि प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ । यस सोरुमले रोजगारीका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

सुझावित समाचार