बोस्टन इन्टरनेसनल कलेजले दिगो अर्थतन्त्रका लागि नवप्रवर्तनीय वित्त विषयमा छलफल गरेको छ । वित्त क्षेत्रसँग सम्बन्धित बैंक, बिमा, सेयर बजार, उद्योग, वाणिज्य र उच्च शैक्षिक संस्थाबारे एउटै मञ्चमा कलेजले छलफल गरेको हो ।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा, द सिएफओ सेन्टर भारतका क्षेत्रीय निर्देशक सन्दीप चुग, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागका प्राध्यापक डा. राधेश्याम प्रधानले क्रमशः दिगो अर्थतन्त्रका लागि नवप्रवर्तनीय वित्त, वित्तशास्त्रको औचित्य र बिबिए फाइनान्स विषयका बारेमा सहभागी विद्यार्थी, अभिभावक र प्राध्यापकलाई जानकारी गराए ।
वित्त क्षेत्रमा आएका नवप्रवर्तनबारे साक्षात्कार गराई व्यवस्थापन शिक्षाबारे जोड्नु छलफलको मुख्य उद्देश्य थियो । कार्यक्रमको आयोजना बोस्टन इन्टरनेसनल कलेजका अध्यक्ष आनन्दबहादुर चन्दका अनुसार विद्यार्थीलाई पढाइसँगै सम्बन्धित क्षेत्रका विज्ञसँगको छलफलले भविष्यको बाटो पहिचान गर्न सहज हुने भन्दै यस्ता छलफल बहुउपयोगी बन्ने बताए ।
कलेजको छलफलमा बिबिए फाइनान्स पढ्न इच्छुक करिब ६० जना विद्यार्थीले सहभागिता जनाएका थिए । कार्यक्रममा कलेजका एमबिएका सहायक निर्देशक शिखर लामिछानेले बोस्टन कलेजले सञ्चालन गरिरहेको कार्यक्रम र प्रभावकारिताकाबारे सहभागीलाई जानकारी गराएका थिए । बिबिए, बिबिए–फाइनान्स, बिसिएस आइटी र एमबिएमा गोल्डमेडलिस्टसहितको उत्कृष्ट नतिजा दिँदै आएको बोस्टन इन्टरनेसनल कलेजले यस वर्षदेखि ब्याचलर अफ होटेल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रमको पनि सुरुवात गरेको छ ।