व्यवस्थापन अध्ययन गर्ने विद्यार्थीका लागि उत्कृष्ट कलेजको परिचय बनाएको भरतपुरको बोस्टन इन्टरनेसनल कलेजले शुक्रबार दिगो अर्थतन्त्रका लागि नवप्रवर्तनीय वित्त विषयमा छलफल गरेको छ।
वित्त क्षेत्रसँग सम्बन्धित बैंक, बिमा, सेयर बजार, उद्योग, वाणिज्य र उच्च शैक्षिक संस्थाका बारेमा एउटै मञ्च कलेजले छलफल गरेको हो। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा, द सिएफओ सेन्टर भारतका क्षेत्रीय निर्देशक सन्दीप चुग, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागका प्राध्यापक डा. राधेश्याम प्रधानले क्रमशः दिगो अर्थतन्त्रका लागि नवप्रवर्तनीय वित्त, वित्तशास्त्रको औचित्य र बिबिए – फाइनान्स विषयका बारेमा सहभागी विद्यार्थी, अभिभावक र प्राध्यापकहरूलाई जानकारी गराएका थिए।
वित्त क्षेत्रमा आएका नवप्रवर्तनको बारेमा साक्षात्कार गराई व्यवस्थापन शिक्षाका बारेमा जोड्नु छलफलको मुख्य उद्देश्य थियो। कार्यक्रमको आयोजना बोस्टन इन्टरनेसनल कलेजका अध्यक्ष आनन्दबहादुर चन्दका अनुसार विद्यार्थीलाई पढाइसँगै सम्बन्धित क्षेत्रका विज्ञसँगको छलफलले भविष्यको बाटो पहिचान गर्न सहज हुने भन्दै यस्ता छलफल बहुउपयोगी बन्ने बताए।
उनले बोस्टन कलेजका विद्यार्थीहरूलाई पाठ्यक्रमको शिक्षासँगै प्रयोगात्मक कक्षाहरूलाई प्राथमिकतामा राखेर अघि बढिरहेकोसमेत बताए। हामीले विशेषलाई कलेजमा ल्याउनेसँगै विदेशी प्रध्यापकहरूलाई समेत कलेजमा जोडेको छौँ, उनले भने- हाम्रो उद्देश्य भनेको व्यावहारिक शिक्षा प्रदान गर्दै उत्कृष्ट विद्यार्थी उत्पादन गर्नु हो।
कलेजको यस छलफलमा बिबिए फाइनान्स पढ्न इच्छुक करिब ६० जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा कलेजका एमबिएका सहायक निर्देशक शिखर लामिछानेले बोस्टन कलेजले सञ्चालन गरिरहेको कार्यक्रम र प्रभावकारिताका बारेमा सहभागीलाई जानकारी गराएका थिए।
बिबिए, बिबिए – फाइनान्स, बिसिएस आइटी र एमबिएमा गोल्डमेडलिस्टसहितको उत्कृष्ट नजिता दिँदै आएको बोस्टन इन्टरनेसनल कलेजले यस वषदेखि ब्याचलर अफ होटेल म्यानेजमेन्ट (बी.एच.एम) कार्यक्रमको पनि सुरुवात गरेको छ। पोखरा विश्वविद्यालयमा सम्बन्धन प्राप्त रहेर यस कलेजले १५ वर्षदेखि अध्यापन गराउँदै आएको छ।