सातौँ बिआइबी अन्तरविद्यालय बास्केटबलको उपाधि विल्सन एकेडेमी र एनसिसिएलाई

शुक्रबार, ३२ साउन, २०८१
डिजिटल संस्करण

सातौँ बिआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि विल्सन एकेडेमी र एनसिसिएले जितेका छन्। छात्रतर्फको उपाधि विल्सन एकेडेमी र छात्रातर्फ एनसिसिएसले जितेको हो।

बौद्ध इन्टरनेसनल स्कुलमा शुक्रबार भएको फाइनल खेलमा छात्रतर्फ विल्सन एकेडेमीले आयोजक बौद्ध इन्टरनेसनल स्कुललाई ६०–५९ ले पराजित गरेको हो।

यस्तै, छात्रातर्फको फइनलमा एनसिसिएसले दीक्षालय स्कुललाई ४१–३९ अंकले पराजित गर्दै उपाधि हात पारेको हो।

फाइनल खेलपश्चात् विजयी टिमलाई एक समारोहबीच विजेतालाई प्रमाणपत्र, मेडल र सिल्ड प्रदान गरिएको छ। 

समूहगत चरणमा सम्पन्न खेलमा छात्रातर्फ दिभा महर्जन र छात्रतर्फ अन्दुप सारू तामाङ मोस्ट भ्यालुएबल प्लेयर बने। सबैभन्दा धेरै स्कोर छात्रातर्फ दीपशिखा गोले र छात्रतर्फ आरोहण बुढा श्रेष्ठ बने। प्रतियोगितामा फेयर प्ले टिम लिटिल वन्डर स्कुल बन्यो। 

सुझावित समाचार