मलेसियामा अलपत्र नेपाली स्वदेश फर्किँदै

शुक्रबार, ३२ साउन, २०८१
डिजिटल संस्करण

मलेसियामा अलपत्र १५ मध्ये १३  नेपाली कामदार नेपाल फर्किन लागेका छन् । विभागले चासो लिएपछि म्यानपावर कम्पनीले उनीहरूलाई स्वदेश फर्काउन लागेको हो  ।

१५ जनामध्ये १३ जना बिहीबार मलेसियाबाट दिल्ली आएको सिराहाको लहान नगरपालिका– २३ का मोहनकुमार साहले बताए । दुईजनाले मलेसियाको आरके कम्पनीमा काम गर्न सुरु गरे । १३ जना दिल्ली आएको साहले बताए । शुक्रबार दिल्लीबाट काठमाडौं आउने उनले जानकारी  दिए  । 

‘१५ नेपाली कामदार दुई महिनादेखि मलेसियामा अलपत्र’ शीर्षकमा सोमबार नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित भएको थियो । काठमाडौंको जेपी ओभरसिजमार्फत १५ जेठमा मलेसिया पुगेका सप्तरी, सिराहा र बाराका ती कामदार काम नपाएपछि दुई महिनादेखि अलपत्र थिए। काठमाडौंको जेपी ओभरसिजले मासिक ६१ हजार नेपाली रुपैयाँ पारिश्रमिक पाउने आश्वासन दिँदै तीनदेखि चार लाखका दरले असुलेर उनीहरूलाई उडाएको थियो ।
 

सुझावित समाचार