सिद्धार्थ बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा १५% सम्म छुट

बुधबार, ३० साउन, २०८१
डिजिटल संस्करण

सिद्धार्थ बैंक र आगन्तुक रिसोर्ट प्रालिबीच छुट सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले धुलिखेलस्थित रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजमा १५ प्रतिशतसम्म र रुम ट्यारिफमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

यो सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । साथै, बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस्’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

सुझावित समाचार