सभामुखले रास्वपा सांसदलाई बोल्दाबोल्दै रोकेपछि संसदमा हंगामा

मंगलबार, २९ साउन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका  सांसद हरि ढकालले संसदमा आकस्मिक समयमा आफ्नो कुरा राख्दाराख्दै  सभामुखले लाइन काटेपछि संसदमा हंगामा मच्चिएको छ ।

सांसद ढकालले आकस्मिक समयमा सडकको विषयमा बोल्न माग गरेको र त्यो कुरा राखिसकेपछि विद्युत् प्राधिकरणको विषय उठान गर्दागर्दै उनको लाइन काटिएको थियो ।

ढकाल बोल्दाबोल्दै सभामुख देवराज घिमिरेले विषय विषयान्तर भएको भन्दै उनलाई बीचमै रोकेका थिए । ढकाललाई आफ्नो कुरा राख्न दिनुपर्ने माग गर्दै अहिले  संसद् अवरुद्ध भएको छ। 

See More On

सुझावित समाचार