सुनको मूल्य अकासियो, तोलाकै डेढ लाखभन्दा बढी

मंगलबार, २९ साउन, २०८१
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला  एक लाख ५० हजार आठ सय रुपैयाँ  कायम भएको छ ।

सोमबार प्रतितोला छापावाल सुन  एक लाख ४८ हजार सात सयमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी एक हजार सात सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ । 

See More On

सुझावित समाचार