सन् १९६१ : बर्लिन पर्खाल निर्माण सुरु । पर्खालले पश्चिम बर्लिनलाई पूर्वी बर्लिनबाट विभाजित गर्यो । यो पर्खाल जर्मन लोकतान्त्रिक गणतन्त्र (पूर्वीजर्मनी) द्वारा निर्माण गरिएको थियो ।
सन् १९१८ : अमेरिकी जलसेनामा पहिलो महिला भर्ती । मरिन कोर्पसमा सामेल भएपछि ओफा मे जोन्सन भर्जिनियाको अर्लिगंटनमा नियुक्त भइन् ।
सन् १९२६ : क्युबेली राजनीतिज्ञ फिडेल क्यास्ट्रोको जन्मदिन । क्यास्ट्रोले आफ्नो देशलाई पश्चिमी गोलार्धमा पहिलो कम्युनिस्ट राज्यमा परिणत गरे ।
सन् १९६० : उपग्रहसँग पहिलोपटक दुईतर्फी टेलिफोन कुराकानी । नासाको इको १ बेलुन उपग्रहका कारण कुराकानी सम्भव भएको हो । यो अगस्ट १२ मा अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । उपग्रहले रिफ्लेक्टरको रूपमा काम गर्यो ।
सन् १९६० : मध्य–अफ्रिकी गणतन्त्रले फ्रान्सबाट स्वतन्त्रता प्राप्त गर्यो । भूपरिवेष्टित अफ्रिकी देश अफ्रिका १९औँ शताब्दीको अन्तमा फ्रान्सेली शासनको अधीनमा थियो । राष्ट्रवादी राजनीतिज्ञ बार्थेलेमी बोगान्डाले स्वतन्त्र मध्य–अफ्रिकी गणतन्त्रको स्थापनाको घोषणा गरे र देशको पहिलो प्रधानमन्त्री भए ।